प्रविधि
यस्ता छन् टेलिकमका अनलिमिटेड डाटा र भ्वाइस प्याक, यसरी लिनुहाेस् काठमाडौं– नेपाल टेलिकमले ग्राहकहरुको सुविधाका लागि विभिन्न दरका अनलिमिटेड भ्वाइस र डाटा प्याक उपलब्ध गराइरहेको छ । पछिल्लो समयमा कम्पनीले उपलब्ध गराइरहेका यस्ता प्याकहरु निकै नै लोकप्रिय रहेका छन् । सस्तो मूल्यमा असीमित अर्थात कम्पनीकै नेटवर्कमा जति पनि कल गर्न र डाटा चलाउन पाइने भए पछि सेवाग्राहीहरु समेत निकै नै लाभान्वित भएको पाइएको छ । हाल
हाेशियारी बनाैँ :मोवाइलको चार्ज टिक्न नदिने १७ खराब एप (सूचिसहित) मोवाइलको व्याट्री नटिकेर तपाई पनि हैरान नै हुनुहुन्छ होला । नयाँ मोवाइल भए पनि व्याट्री नटिकेपछि कमसल सामान पो खरिद गरियो कि भन्ने दुविधा मनमा पर्छ । तर मोवाइलमा चार्ज नटिक्नुको एउटा मुख्य कारण आफ्नो मोवाइलमा भएका खराब एप पनि रहेको अनुसन्धानबाट खुलेको छ । अनुसन्धानकर्ताहरुले गुगल प्ले स्टोरमा १७ वटा खराब एप्स पत्ता लगाएका छन् ।
कोरोनाभाइरस: चीनमा ६ दिनमा अस्पताल बनाउने यस्ताे छ याेजना      वुहान शहरमा कोरोनाभाइरस लागेको शङ्का लागेका बिरामीको उपचारका लागि ६ दिनमा तयार हुने गरी अस्पताल बनाउन सुरु गरिएको छ। अहिलेसम्म चीनमा ८३० जनामा कोरोनाभाइरस लागेको पुष्टि भएको छ, जसमध्ये कम्तीमा ४१ जनाको मृत्यु भइसकेको छ। १ करोड १० लाख जनसङ्ख्या भएको वुहानबाट यो सङ्क्रमण सुरु भएको थियो। यो शहरका अस्पतालमा चिन्ताग्रस्त मानिसहरूको भिड लागेको छ र
नेपाली फाेटाेपत्रकारले खिचेकाे फाेटाे ४ लाख ५२ हजारमा अमेरिकालाइ बिक्री प्रख्यात अमेरिकी सफ्टवेअर निर्माता एडोबीको भिडिओ सम्पादन गर्ने प्रिमियर प्रोको नयाँ भर्सन चलाउनु भयो भने सुरुमा जुन तस्बिर देख्नुहुन्छ त्यो तस्बिर एक नेपालीले खिचेको हो। फोटोपत्रकार स्कन्द गौतमले खिचेको सो तस्बिरलाई एडोबीले चार हजार अमेरिकी डलर (चार लाख ५२ हजार रुपैयाँ) तिरेर किनेको हो। सन् २०१७ तिर भक्तपुरको सल्लाधारीमा बिस्केत जात्राका मेलामा ‘मौतका कुवा’ भनिने प्रदर्शनमा
किम जङ-अनः उत्तर कोरियाले नयाँ ‘रणनीतिक अस्त्र’ विकास गर्ने घोषणा उत्तर कोरियाका नेता किम जङ-अनले पारमाणविक तथा लामो दूरीको बलिस्टिक क्षेप्यास्त्र परीक्षणको स्थगनबाट आफ्नो देश पछि हट्ने घोषणा गरेका छन्। त्यहाँको सरकारी समाचारसंस्थाका अनुसार किमले पारमाणविक अस्त्रको विकासलाई निरन्तरता दिइने र एउटा नयाँ ‘रणनीतिक अस्त्र’ को विकास गरिने सत्तारूढ दलका अधिकारीहरूलाई बताएका हुन्। किमले कोरियाली प्रायःद्वीपलाई पारमाणविक अस्त्रमुक्त बनाउने विषयमा अवरुद्ध वार्ता पुनः थाल्न संयुक्त राज्य
रुसले अमेरिकालाइ पछाडि पार्दै बनायाे नाैलाे हतियार, थपियाे विश्व युद्ध काे त्रास , रुसले ध्वनिभन्दा २० गुणा छिटो उड्ने हाइपरसोनिक अभानगार्ड क्षेप्यास्त्रहरू जडान गरेको त्यहाँको रक्षा मन्त्रालयले बताएको छ। ती क्षेप्यास्त्रहरू जडान गरिएको स्थानबारे बताइएको छैन तर अधिकारीहरूले यसअघि नै ती पश्चिमी रुसको युराल पर्वत क्षेत्र वरपर राखिने सङ्केत दिएका थिए। राष्ट्रपति भ्लादिमिर पुटिनले परमाणु अस्त्र बोक्न सक्ने ती क्षेप्यास्त्रहरूले रुसलाई अन्य राष्ट्रभन्दा अगाडि पुर्‍याएको बताएका छन्। ती क्षेप्यास्त्रहरूमा ‘ग्लाइड’
नारायणी नदीमा मिनी पानीजहाजकाे सफल परीक्षण चितवन,७ पुस – २ सय २० यात्रु क्षमताको क्रुजसिपको नारायणी नदीमा सफल परीक्षण भएको छ। आइतबार बेलुका २५ जना यात्रुसहित सिपको सफल परीक्षण भएको सञ्चालक राइनो इन्टरटेन्मेन्ट कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले सेतोपाटीलाई बताए।सिपलाई भरतपुरस्थित काभ्रेघाटमा रहेको ‘पोर्ट’ वरपर परीक्षण गरिएको हो। परीक्षण गर्नलाई भारतबाट प्राविधिक टोली आएको कँडेलले जानकारी दिए।अब सिपमा रङ हाल्ने,
कृषीमा क्रान्ति : एक वर्षसम्म नकुहिने नयाँ स्याउ बजारमा     दुई दशक लगाएर विकास गरिएको र एक वर्षसम्म फ्रिजमा राख्दा नबिग्रने नयाँ प्रजातिको स्याउको बिक्री आइतवारदेखि अमेरिकामा सुरु भएको छ। कस्मिक क्रिस्प नाम दिइएको स्याउको वाशिङ्टन स्टेट विश्वविद्यालयमा सन् १९९७ मा पहिलो पटक खेती गरिएको थियो। ‘दह्रो, कुरकुरे र रसिलो स्याउ’ प्रवर्द्धन गर्न एक करोड अमेरिकी डलर खर्च लागेको बताइएको छ। वाशिङ्टन राज्यका कृषकहरूलाई आगामी एक दशकसम्म
आफ्ना स्मार्टफोनका कमजोरी पत्ता लगाइदिनेलाई गुगलले १७ करोड रुपैयाँसम्म दिने       उक्त धनराशि प्राप्त गर्न गुगलले निर्माण गरेको पिक्सल स्मार्टफोनको टाइटन एम सुरक्षा चिपमा त्रुटि फेला पार्नुपर्ने हुन्छ। त्यसो गर्दा केही निश्चित मापदण्ड पनि पूरा भएको हुनुपर्छ। सुरक्षासम्बन्धी विषयका शोधकर्ताहरूलाई सन् २०१५ पछि ४० लाख अमेरिकी डलरभन्दा बढी रकम पुरस्कार दिइसकेको गुगलले बताएको छ। तर गुगलले दिने आर्थिक प्रोत्साहनले मानिसहरूलाई अपराधीहरूबाट पैसा लिन रोक्छ भन्ने कुरामा केही
अब बजार क्षेत्रमा सिसी क्यामेरा बागलुङ, ४ मङ्सिर  : तीव्र बजारीकरण भइरहेको गलकोट नगरपालिका–३ हटियामा सिसी क्यामेरा जडान गरिएको छ । वडा कार्यालयले जिपपार्कलगायत बजारका मुख्यचोक र सडकमा सिसी क्यामेरा जडान गरेको हो । वडा कार्यालय परिसर पनि अबदेखि सिसी क्यामेराको निगरानीमा हुनेछ । वडा र बागलुङ उद्योग वाणिज्य सङ्घ गलकोट एकाइ मिलेर थप १० स्थानमा सिसी क्यामेरा जडान गर्ने भएका
अब बन्यजन्तु लाइ शि.शि क्यामेरा राख्ने जाजरकोट, ३ मङ्सिर : भूगोलका हिसाबले ठूलो मानिएको डोल्पामा यहाँका वन्यजन्तुको संरक्षण र गणनाका लागि सिसीटिभी क्यामरा जडान गरी काम शुरु भएको छ । जिल्लाको जगदुल्ला गाउँपालिका र गाउँपालिकाभित्रका पाटनलगायत अन्य विभिन्न पाटनमा ५० वटा क्यामरा जडान गरिएको हो । हिम चितुवाको बासस्थान भएका ठाउँमा सिसीटिभी जडान गरिएको छ । विश्व वन्यजन्तु कोषको आर्थिक सहयोगमा
पर्वतमा निर्माण गरिएको कोल्डस्टोर तीन वर्षदेखि अलपत्र पर्वत, २५ कात्तिक –  किसानको उत्पादन बाह्रै महिना सङ्कलन गरी बजार पठाउने उद्देश्यका साथ निर्माण थालिएको चिस्यान केन्द्र अलपत्र परेको छ । मोदी गाउँपालिका–२ देउपुरको पातीचौरमा निर्माणाधीन चिस्यानकेन्द्र तीन वर्षदेखि अलपत्र परेको हो । गाउँपालिकाले भने रु पाँच करोड लागत मूल्याङ्कन गरेको निर्माणाधीन चिस्यान केन्द्र अलपत्र छाडेर अर्को नयाँ बनाउने तयारी थालेको छ । जिल्लाका
विश्वका पशु वैज्ञानिकहरुको भेला पोखरामा कास्की, २१ कात्ति –  पर्यावरणमैत्री दिगो पशुपालनका वैज्ञानिक खोजबारे छलफल गर्ने उद्देश्यले सस्टेनेवल एनिमल अर्गिकल्चर फर डेभलपिङ कन्ट्रिज (एसएएडीसी)को सातौँ अन्तरराष्ट्रिय सम्मेलन शुक्रबारदेखि पोखरामा हुँदैछ । नेपाल भेटेरीनरी एशोसिएसनको आयोजनामा हुने चार दिने सो सम्मेलनमा विश्वका करिब २४ देशका ४०० भन्दा बढी पशु चिकित्सा, पशु विज्ञान र मत्स्य क्षेत्रमा कार्यरत वैज्ञानिक तथा अनुसन्धानकर्ताहरुको सहभागिता हुने
बागलुङमा प्रविधि पछ्याउँदै किसान बागलुङ, १९ कात्तिक – गलकोट नगरपालिका–७ मल्मका हेमबहादुर थापालाई यस वर्ष खेतमा गहुँ छर्न गोरु, हलि र खेताला खोज्नुपरेन । तीन हल गोरुको मेलो ‘मिनीटिलर’ अर्थात् यान्त्रिक हलोले तीन घण्टामै उम्काइदियो । रु दुई हजार तिरेपछि खेतको धान, पराल पनि ट्र्याक्टरले एकै खेपमा घर पु¥यायो । उहाँ झैँ मल्म र आँगाखेतका अधिकांश किसानले यसपाली धान र
गरिवको आइफोन भनिएको चिनियाँ मोबाइल कम्पनी शाउमीले कब्जा गर्यो भारतीय बजार चिनियाँ प्रविधि कम्पनी शाउमी केही वर्षभित्रै भारतमा कम मूल्यमा पाइने स्मार्टफोनको बजार कब्जा गरिसकेकोअवस्था छ। तर यो कसरी सम्भव भयो? बीबीसीकी क्रुतिका पाथीले प्रविधि विशेषज्ञहरूसँग कुराकानी गरेर यसको जवाफ खोजेकी छन्। गत हप्ता शाउमीका नयाँ स्मार्टफोन रेड्मी नोट ८ लाई फ्ल्यास सेल्समा अनलाइनमा राख्दा जम्मा १५ मिनेट सबै बेचियो। सो कम्पनीका लागि यो कुनै नयाँ कुरा