विश्व
कोरोना भाइरस: चीनले आफूलाई हराउन जे पनि गर्न सक्ने ट्रम्पको आरोप अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चीनप्रतिको आफ्नो आलोचनालाई कडा बनाउँदै आफूलाई पुनर्निर्वाचित हुनबाट रोक्न चीनले ‘गर्न सक्ने सबै काम’ गर्ने बताएका छन्। रोयटर्स समाचार संस्थालाई ह्वाइट हाउसमा दिएको अन्तर्वार्तामा ट्रम्पले कोरोनाभाइरस महामारीको विषयमा चीनमाथि अमेरिकाको धेरै कारबाहीको सम्भावना रहेको बताए।उनले चीनले विश्वलाई सो रोगका बारेमा चाँडै बताउनु पर्ने तर नबताएको दाबी गरे।ट्रम्पलाई अमेरिकामा कोरोनाभाइरस रोकथाम र
कोरोनाभाइरस: ट्रम्पले गरेको आलोचनाबिच डब्ल्यूएचओ प्रमुखद्वारा कोभिड-१९ लाई ‘राजनीतिकीकरण’ नगर्न आग्रह   अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पबाट लगातार दुईदिन आक्रोशयुक्त आलोचनाको सामना गरेपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) का प्रमुखले एकताबद्ध हुन आह्वान गरेका छन्। बुधवार बोल्दै महानिर्देशक डा. टेड्रोस एड्हानोम गेहब्रेयससले डब्ल्यूएचओका कामको बचाउ गरेर कोभिड-१९ लाई राजनीतिकरण गर्ने काम अन्त्य हुनुपर्ने बताए। ट्रम्पले यसअघि उक्त राष्ट्रसङ्घीय निकायलाई पैसा दिन रोक्नेबारे आफूले सोच्ने बताएका थिए। ट्रम्पले के भने? डब्ल्यूएचओ ‘धेरै चीन-केन्द्रीत’
कोरोनाभाइरसः स्पेनमा एकै दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च स्पेनमा कोरोनाभाइरसका कारण एकै दिनमा मृत्यु हुनेको सङ्ख्या ८६४ पुगेर अहिलेसम्मकै सबैभन्दा धेरै सङ्ख्या भएको छ। युरोपमा कोरोनाभाइरसका कारण मृत्यु हुनेको सङ्ख्या ३० हजार नाघिसकेको छ। स्पेनमा मात्रै अहिलेसम्म नौ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ जुन युरोपेली मुलुकमा इटलीपछि दोस्रो हो। स्पेनमा एक लाखभन्दा बढी मानिस कोरोनाभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएका बेला नयाँ सङ्क्रमितको सङख्या
२ सय ७४ जनासँगै नेपालको ध्वजावाहक विमान पहिलो पटक अष्ट्रेलिया काठमाण्डाै /चैत्र १९-चन्द्र र सूर्य अङ्कित राष्ट्रिय झण्डा फहराउदैँ नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी जहाज अस्ट्रेलिया  उडेको छ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको वाइड बडी एयरबस ३३० आज साँझ ५ः३० बजे मलेसियाको क्वालालम्पुर हुँदै अस्ट्रेलियाको शहर ब्रिश्वेन पुग्ने निगमले जनाएको छ । निगमको उड्डयन इतिहासमै पहिलो पटक वाइड बडी जहाजले
आयो खुशिकाे खबर -अमेरिकाले  चीनसँग मिलेर काम गर्ने , चाइनिज डाक्टर अमेरिका जाने तयारी काठमाडौं ।मेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच कोरोना संक्रमणका कारण सिर्जित संकट सामना गर्नेबारे फोनवार्ता भएको छ। चीनको सरकारी टेलिभिजन सीसीटीभीका अनुसार जी–२० को भिडियोमार्फत् गरिएको शीर्ष बैठकपछि सो कुराकानी भएको हो।सो भिडियो कन्फ्रेन्समा सीले एकता र ऐक्यबद्धताका लागि आग्रह गर्नुका साथै तीनवटा मुख्य सन्देश दिएको साउथ चाइना मर्निङ पोष्टले लेखेको छ। ‘यो
कोरोनाभाइरस: इटलीमा मृत्यु हुनेको सङ्ख्या सर्वाधिक, चीनभन्दा पनि धेरै काेराेनाभाइरसकाे कारणले इटलीमा मृत्यु हुनेको सङ्ख्या ३,४०५ पुगेको अधिकारीहरूले जनाएका छन्। त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो। चीनमा अहिलेसम्म ३,२४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन्। नयाँ निर्देशन मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ। लगभग
कोरोनाभाइरस: ७० प्रतिशतसम्म जर्मन नागरिक सङ्क्रमित हुनसक्ने – मर्केल जर्मन चान्सलर एंगेला मर्केलले अहिलेकै अवस्थामा जर्मनीको साठीदेखि सत्तरी प्रतिशत जनसङ्ख्या कोभिड-१९ अर्थात नयाँ कोरोनाभाइरसबाट सङ्क्रमित हुन सक्ने चेतावनी दिएकी छन्। त्यसको अर्थ पाँच करोडभन्दा बढी मानिस कोरोनाभाइरसबाट प्रभावित हुन सक्छन्। उनले भनिन्, “यस्तै अवस्था रहिरहेमा विज्ञहरूले भनेका छन् हाम्रो देशका साठीदेखि सत्तरी प्रतिशत मानिस यो भाइरसबाट सङ्क्रमित हुन सक्छन्।” कोरोनाभाइरस सङ्क्रमण सुरु भएपछिको पहिलो सार्वजनिक अभिव्यक्ति
अफगानिस्तान सम्झौता: १८ वर्ष लामो यद्ध अन्त्य गर्न अमेरिका र तालिबानबीच सम्झौता अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति सम्झौतामा शनिवार हस्ताक्षर गरेको छ। अमेरिका र तालिबानबीच भएको सम्झौता अन्तर्गत यदि तालिबानले आफ्ना प्रतिबद्धताहरू कायम राखे अमेरिका र उत्तर एट्लान्टिक सन्धि सङ्गठन (नेटो) का साझेदारहरूले १४ महिनाभित्र आफ्ना सबै फौजहरूलाई अफगानिस्तानबाट फिर्ता गर्नेछन्। कतारमा भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखिको द्वन्द्व अन्त्य गरेर अफगानिस्तान शान्ति
डोनाल्ड ट्रम्पलाई माेदीले गरे भारतमा ”भव्य स्वागत”   नयाँ दिल्ली । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले भारतको आफ्नो पहिलो औपचारिक भ्रमण गुजरात राज्यबाट आरम्भ गरेका छन्, जहाँ उनको भव्य सार्वजनिक स्वागत गरिएको थियो। विमानस्थलमा राष्ट्रपति ट्रम्पलाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले कसिलो अंकमाल गरेर स्वागत गरेका थिए। ती दुई नेताले महात्मा गान्धीले १३ वर्ष बिताएका सावरमती आश्रमको भ्रमण गरेका छन्। राष्ट्रपति ट्रम्पको भ्रमण संसारका दुई सबैभन्दा
अष्ट्रेलियाकाे सिड्नीमा आयाे ”आँधी र हुरी” जनजिबन प्रभावित सिड्नी /लामाे समयदेखि फैलिएकाे आगो को नियन्त्रणबाट ग्रसित भै हालै मात्र साे प्राकृतिक प्रकाेपबाट छुटकारा पाएसँगै अष्ट्रेलियामा फेरी अर्काे आपत्ति आइलागेकाे छ । मंगलबार  एक्कासी अष्ट्रेलियाकाे सिड्नीमा  आएकाे ठुलाे आँधि र हुरी ले गर्दा मानिसहरू बाहिर निस्कन सकेकाे छैनन् भने आवात जावत मा पुरै असर पर्नुकाे साथै र्मानिसकाे  दैनिक  जनजिबनलाइ नराम्री प्रभावित गरेकाे छ 
कोरोनाभाइरस: रोगको त्रास फैलिएको बेला हङ्‌कङमा सुपरमार्केटबाट ट्वाइलेट पेपर लुटियो हङ्‍कङमा एउटा हतियारधारी समूहले १३० अमेरिकी डलर बराबरको ट्वाइलेट पेपर लुटेर लगेको छ। कोरोनाभाइरसको सन्त्रास फैलिएको बेला मानिसहरूले ट्वाइलेट पेपर किनेर घरमा थुपारेको हुनाले त्यहाँ अहिले त्यसको चरम अभाव छ। मोङ्‌कक क्षेत्रको एकटा सुपरमार्केटअगाडि चक्कु बोकेका मानिहरूले एक कर्मचारीबाट ती ट्वाइलेट पेपर लुटेका हुन्। प्रहरीले दुई जनालाई समातेर लुटिएका केही ट्वाइलेट पेपर जफत गरेको त्यहाँको स्थानीय सञ्चारमाध्यमले
ट्रम्पले देख्‍छन् भनेर धमाधम पर्खाल   नयाँदिल्ली — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको यसै महिना हुने भारत भ्रमणमा सुकुम्बासी बस्ती नदेखियोस् भनेर अहमदाबादमा धमाधम पर्खाल लगाइँदै छ । ट्रम्प दुईदिने भ्रमणका लागि फेब्रुअरी २४ मा भारत आउँदै छन् । ह्युस्टनमा गत सेप्टेम्बरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई ‘हाउडी मोदी’ भन्दै स्वागत गरेका ट्रम्पको स्वागतमा अहमदाबाद रंगशालामा ‘केम छो ट्रम्प (हाउ आर यु, ट्रम्प) कार्यक्रम हुने
आम आदमी पार्टी (आप) दिल्ली विधानसभामा विजयी काठमाडौं, माघ २८ गते । भारतको राजधानी दिल्ली विधानसभामा भएको निर्वाचनमा सत्तारुढ दल आम आदमी पार्टी (आप)ले भारी सिटका साथ जितेकोसो पार्टीले ७० सिटको लागि भएको निर्वाचनमा ६३ वटा सिटसहित विजयी भएको छ । यसअघि भएको चुनावमा जसरी आपले सिट संख्या जोगाउन भने सकेन । उक्त पार्टीले विगतमा ६७ वटा सिट जितेको थियो । भारतीय
मलेसियाले पाकिस्तानबाट सुरक्षागार्ड लैजान खोज्दा नेपालमा चिन्ता पाकिस्तानसँग एक लाखभन्दा बढी सुरक्षागार्ड ल्याउने गरी मलेसियाले वार्ता गरिरहेको समाचार सार्वजनिक भएसँगै त्यसको असर नेपाली श्रम बजारमा हुन सक्ने विज्ञहरूले बताएका छन्।मलेसियाका लागि पाकिस्तानी राजदूत अम्ना बलोचले पाकिस्तानी पत्रिका द नेसनसँग यसअघि नेपालसँग हुने गरेको सुरक्षागार्डको सम्झौतामा अहिले परिवर्तन भएको र त्यसको फाइदा पाकिस्तानले उठाउने बताएकी हुन्। तर बीबीसी न्यूज नेपालीसँग नेपालका श्रम, रोजगार
पाकिस्तानका पूर्वराष्ट्रपति मुशर्रफविरुद्धको मृत्युदण्डको सजाय रद्द   पाकिस्तानको एउटा अदालतले पूर्वराष्ट्रपति परवेज मुशर्रफलाई सुनाइएको मृत्युदण्डको फैसला उल्ट्याइदिएको छ। कानुनी प्रक्रिया असंवैधानिक भएको भन्दै अदालतले फैसला उल्ट्याइदिएको हो।मुशर्रफले आफूलाई देशद्रोहमा दोषी भन्दै त्यस्तो सजाय सुनाउने विशेष अदालतको गठनलाई गत डिसेम्बरमा चुनौती दिएका थिए। “मुसर्रफ अब स्वतन्त्र मानिस” सोमवार, लाहोर उच्च अदालतले निर्वासनमा रहेका मुशर्रफविरुद्धको सजाय उल्ट्याइदिएको हो।सन् १९९९ मा भएको ‘कु’मा उनले सत्ता हत्याएका थिए